विश्वभर काेराेना : हालसम्म २३ कराेड संक्रमित, २० कराेड जना निकाे, ९८ हजारकाे अवस्था गम्भिर
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०७:५६:०० मा प्रकाशित
काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख ५५ हजार संक्रमित थपिएका छन् भने ८ हजार १६९ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ५ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २० करोड ६९ लाख ९५ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८५ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २३ करोड २ लाख ७८ हजार नाघेको छ भने मृतकको संख्या ४७ लाख २१ हजार ६३२ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ३२ लाख ४२ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ९६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड २८ लाख ३० हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा एक लाख २० हजार थपिएसँगै कुल ९७ लाखमा भाइरस सक्रिय छ भने १ हजार ९२७ जनाकाे मृत्यु भएकाे छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३८५ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ४५ हजार ८०१ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा २७ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ३५ लाख ३० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २७ लाख ७६ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा कुल मृत्यु हुनेकाे संख्या ५ लाख ९१ हजारभन्दा बढी छन् । हाल ३ लाख ७५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १२ लाख ४७ हजार जना संक्रमितमध्ये २ कराेड २ लाख ८० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख ८६ हजार ५७७ जना पुगेका छन् भने ७ लाख ५४ हजार जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ५३ पुगेको छ भने २१ हजार ५२४ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस