विश्वभर काेराेना : हालसम्म २३ कराेड संक्रमित, २० कराेड जना निकाे, ९८ हजारकाे अवस्था गम्भिर
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०७:५६:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख ५५ हजार संक्रमित थपिएका छन् भने ८ हजार १६९ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ५ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २० करोड ६९ लाख ९५ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८५ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २३ करोड २ लाख ७८ हजार नाघेको छ भने मृतकको संख्या ४७ लाख २१ हजार ६३२ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ३२ लाख ४२ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ९६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड २८ लाख ३० हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा एक लाख २० हजार थपिएसँगै कुल ९७ लाखमा भाइरस सक्रिय छ भने १ हजार ९२७ जनाकाे मृत्यु भएकाे छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३८५ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ४५ हजार ८०१ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा २७ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ३५ लाख ३० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २७ लाख ७६ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा कुल मृत्यु हुनेकाे संख्या ५ लाख ९१ हजारभन्दा बढी छन् । हाल ३ लाख ७५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १२ लाख ४७ हजार जना संक्रमितमध्ये २ कराेड २ लाख ८० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख ८६ हजार ५७७ जना पुगेका छन् भने ७ लाख ५४ हजार जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ५३ पुगेको छ भने २१ हजार ५२४ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस