सम्हालिएकाे शेयरबजारमा ७ अर्ब बढीको कारोबार, सामान्य अंकले बढ्याे नेप्से
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | १५:४५:०० मा प्रकाशित

काठमाडौं । निकै उतार चढावबीच नेप्से सूचक सामान्य अंकले बढेर २७०० विन्दु माथि देखिएको छ ।
कारोबार शुरु भएको पहिलो घण्टामा भारी गिरावट देखिएपछि नेप्से परिसूचक २६१५ अंकसम्म झरेको थियो । तर कारोबार बन्द हुँदासम्म बजार फर्किएपछि नेप्से परिसूचक १३.८३ अंकले बढेर २७३४.५२ अंकमा पुगेको छ ।
यसदिन ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । रुरु जलविद्युत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन, महुली सामुदायीक लघुवित्त लगायतको शेयर मूल्य बढेको छ ।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको बजारमा जानकी फाइनान्स, माउन्टेन इनर्जी तथा सपोर्ट माइक्रोफाइनान्स लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।
यसदिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
राष्ट्र बैंकले शेयर धितो कर्जामा राखेको सीमाकै काराण उच्चतम विन्दुमा पुगेको बजार घटेको लगानीकर्ताहरूकाे भनाइ छ । तरलता अभाव, ब्याजदर वृद्धि लगायतले पनि बजारमा असर पारेको छ ।
लगानीकर्ताको मनोबल भने दरिलो हुन सकेको छैन, अझै पनि धेरै लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस