कांग्रेस महाधिवेशन : काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन, १३ जिल्लामा अझै अनिश्चित
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | ०६:५३:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।
आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
भदौ १८ देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो ।
बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन ।
क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन ।
क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ ।
आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस