कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- ४ असोज सोमबार, २०७८ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । महोत्तरी, सोनमा गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । सोही नगरपालिका-७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम), पाल्हिनन्दन गाउँपालिका-१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ । उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस