आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने
- गाउँ सहर संवाददाता
- ४ असोज सोमबार, २०७८ | ०६:०४:०० मा प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए ।
सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए ।
प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने उनले बताए ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।
वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका प्रवक्ता ढकालले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस