दसैँमा आइएमई 'डबलको डबलको डबल' अफर सार्वजनिक, यसरी छानिन्छ विजेता
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा 'डबलको डबलको डबल' अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।
अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीबीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरे ।
आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समयसमयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने जनाए ।
त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गरिन् ।
यसरी छनाैट हुन्छ विजेता
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन् ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।
योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुने कम्पनीले जनाएकाे छ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस