एन प्याव्सन कास्कीको चित्रकला प्रतियोगिता सम्पन्न
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १२:४९:०० मा प्रकाशित

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौँ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागी रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र बनाउन दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए ।
भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम, कास्की मोडनाइज्डका मानस तामा· द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका थिए ।
प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले छिट्टै नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए । कोरोना सक्रंमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौं ।’ उनले भने
नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा नै प्रतियोगिता गरेर उदाहरणीय कार्य गरेको बताए । नेशल प्यव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेलले बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस