स्वास्थ्य

कोरोनाबाट थप १२ जनाको मृत्यु, २७ हजार ३५५ सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण १२ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४० को परीक्षण हुँदा ९९४ संक्रमित थपिएका छन् । जसमा महिला ४०.४८ र पुरूष ५९.५२ छन् ।

अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ४५६ सघनमा र १२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ३६८ छ ।  जुन ९५.१ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७२ लाख ८ हजार ३४ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३१७ र होम आइसोलेशनमा रहेको संख्या २५ हजार ७०८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ६४७ छ । देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ । 

अहिलेसम्म कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गर्नेको संख्या ५१ लाख ६० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३६८.६ रहेको छ ।

गाउँ सहर संवाददाता