एमसिसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाकाे जवाफ
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | २२:२२:०० मा प्रकाशित

काठमाडौँ । एमसिसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको छ ।
संसदमा विचाराधीन एमसिसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ वटा प्रश्नमा आधारित भइ एमसिसीको मुख्यालयलाई पत्राचार गरेको थियो ।
उक्त पत्रचारको जवाफ दिँदै बुधबार अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको प्रष्टिकरण दिएको हो ।
वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले नेपाल सरकारलाई दिएको जवाफमा उल्लेख गरिएको छ, ‘एमसीसीको स्थापना सन् २००४ मा कानुनी शासन, जनतामाथि लगानी, र आर्थिक स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यप्रति कटिबद्ध देशहरूको आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरणमा केन्द्रित रहने गरि भएको हो । एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता होइन, न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा नै हो ।’
सम्झौतामा बौद्धिक सम्पतिमा अमेरिकको हक दाबी रहने, खरिद गरिएका जग्गा अमेरिकाको स्वामित्वमा जाने र त्यसलाई उसले आफू अनुकुल प्रयोग गर्न सक्ने जस्ता प्रावधान रहेको भन्दै नेपालमा विरोध हुँदै आएको छ ।
पूर्ण जवाफ तल

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस