सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज
- गाउँ सहर संवाददाता
- ४ कार्तिक आइतबार, २०८१ | १०:०३:०० मा प्रकाशित

काठमाडाैं । सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी-२० आई सिरिज एक खेलअगावै जितेको छ।
आइतबार बिहान भएको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा सोमपाल कामीले २ रन दिँदा लगातार दुई विकेट लिए।
सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए।
नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो। सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ।
पाहुना टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो।
दोस्रो विकेटका लागि साइतेजा मुखमल्ला र आन्द्रेसले ९२ रनको साझेदारी गरेपछि अमेरिका बलियो स्थितिमा पुगेको थियो।
तर १२ औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले साइतेजालाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए। साइतेजाले ४१ बलमा २ चौका र ३ छक्का सहयोगमा ४७ रन बनाएका थिए।
आन्द्रेस ६२ रनमा पेभेलियन फर्के। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा सोमपाल कामीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुन पुगे।
मिलिन्द कुमार १५ र सयान जहानजीरले १४ रन थपे।
नेपालका लागि करण केसीले तीन विकेट लिए। सोमपाल कामी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
त्यसअघि अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको अविजित पारी खेले।
३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के।
अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे।
गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए।
अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे।
टी-२० सिरिजपछि नेपाली टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस