आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | ०८:५३:०० मा प्रकाशित

काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।
जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ । यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखकलगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउन सरोकारवालाले जोड दिँदै आएका छन् ।
नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ। नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस