आजदेखि काठमाडाैंमा भेरोसेल खोपको दोस्रो मात्रा, कहाँ कहाँ लगाइँदैछ ?
- गाउँ सहर संवाददाता
- ११ भदौ शुक्रबार, २०७८ | ०९:१८:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैंमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएको छ ।
कार्यालयका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् ।
सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अरु पनि खोप दिइनेछ ।
काठमाडाैंका स्थानीय तहका-१ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै, काठमाडाैंको राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस