रक्षाबन्धनमा दिदीबहिनी तथा दाजुभाइ जहाँ भएपनि ग्यापुबाट उपहार खरिद गरेर पठाउन सकिने
- गाउँ सहर संवाददाता
- ५ भदौ शनिबार, २०७८ | १७:३८:०० मा प्रकाशित

काठमाडौं । भाेली रक्षाबन्धन अर्थात जनै पूर्णिमा । यसै पर्वलाई मध्येनजर गर्दै ग्यापुले रक्षाबन्धनको अवसरमा विशेष अफर ल्याएको छ ।
विश्वभर जहाँ भए पनि रक्षाबन्धनमा आफ्ना दिदीबहिनी तथा दाजुभाइलाई ग्यापुमार्फत् उपहार खरिद गरेर पठाउन सकिने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
ग्यापुबाट उपहार अर्डर गरेर विदेशबाट नेपाल र नेपालभित्रै पनि जुनसुकै ठाउँमा डेलिभरी गराउन सकिने खड्काले बताए ।
रक्षाबन्धन विशेष अफरको लागि ग्यापुबाट दाजुभाइका लागि केक, चकलेट, स्मार्टवाच, जुत्ता, वालेट, ग्रुमिङ किट, पर्फ्युम, ब्यागलगायत सजावटका सामानहरू सुपथ मूल्यमा खरिद गरेर डेलिभरी गराउन सकिने बताइएको छ ।
ग्यापुका अनुसार रक्षाबन्धनभर विशेष डेलिभरी नि:शुल्क गरिनेछ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत् अर्डर गर्न सकिने जनाएको छ ।
'ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ई-सेवामार्फत् भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधासमेत उपलब्ध छ। ग्राहकले डेलिभरीको समयमा नगदसमेत दिन सक्छ्न्,' ग्यापुका संस्थापक खड्काले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस