स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।

शनिबार २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता