स्वास्थ्य

कोरोनाबाट थप ३० जनाको मृत्यु, ७१८ सघन र १६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाे कारण ३० जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ४८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७५ को परीक्षण हुँदा २ हजार ७५ संक्रमित थपिएका छन् । जसमा महिला ४०.२३ र पुरूष ५९.७७ छन् ।

अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ७१८ सघनमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ३८२ छ ।  जुन ९३.३ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ६९ लाख ५ हजार ९२५ पुगेको छ ।

आजसम्म ३८ लाख २१ हजार २४८ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट ४ लाख २९ हजार ४८२ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४२३ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार १५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३०६ छ । देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । 

अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँ तथा सहरमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।

अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३८ लाख ३५ हजार ६०८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३५२.४ रहेको छ ।

गाउँ सहर संवाददाता