जापानबाट थप दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडाैं आइपुग्यो
- गाउँ सहर संवाददाता
- ५ भदौ शनिबार, २०७८ | १३:०२:०० मा प्रकाशित
काठमाडाैं । जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडाैं ल्याइएकाे छ । विहान ९:३० बजे कतार एयरबाट भित्रिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो । यसअघि नै नौ लाख डोज खोप काठमाडौं आइपुगेको थियो ।
आज दुई लाख आठ हजार सातसय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार सात सय वटा खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वितरण शाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो खोप टेकुमा भण्डारण गरेर सबै प्रदेशहरुमा चाँडै वितरण गरिनेछ ।
यस्तै, मन्त्रालयका वाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकारी डा. भरत भण्डारीले प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रुपमा अष्ट्राजेनिका खोप दिने बताए ।
एक तथ्याङ्क अनुसार अहिलेसम्म एक करोड, आठ लाख, ६० हजार १७० वटा खोप प्राप्त गरेको छ । त्यसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख जोन्सन एण्ड जोन्सन, ७४ लाख भेरोसेल र दश लाख ७७ हजार ३२० वटा अष्ट्राजेनिका खोप रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस