स्वास्थ्य

काेराेनाकालः उपचार गर्न जाने स्थान नै झनै असुरक्षित्, सजग बनाैँ - व्यवस्थापनमा ध्यान दिउँ

काठमाडाैँ । बिरामी हुँदा बच्ने ठाउँ हाे अस्पताल । काेराेनाकालमा अस्पतालकाे चाप थामिनसक्नु छ, जुनसुकै विधाकाे किन नहाेस् । लकडाउन खुलेसँगै काेराेना सकिन्छ भन्ने मान्यता यस समयमा लागू गरिनु लापरवाही हाे । काेराेना सकिएकाे छैन, सजगता झनै जरूरी देखिएकाे छ । जहाँबाट राेग जितिन्छ, त्यहि ठाउँ असुरक्षित हुने हाे भने भराेषा टुट्छ । याे कुरा स्वास्थ्य संस्था तथा सञ्चालकले बुझेर सावधानीका उपायकाे निरन्तरतामा हेलचेक्राइँ नगर्ने हाे भने सबै सुरक्षित रहन सक्छाैँ । यसकाे लागि सबैकाे प्रयास अपरिहार्य र निरन्तर हुनु जरूरी छ । किनकी व्यवस्थापन हामी गर्न सक्छाैँ, असम्भव छैन । केवल प्रयास जारी राख्नु पर्दछ ।

काेराेना सकिएकाे छैन । विश्वका कयाैँ देशहरूमा पाँचाै लहरकाे सामना गरिरहेकाे अवस्था छ । सानासाना हेलचेक्राइँले झन ठूलाे विपत्तकाे सामना गर्नुपर्ने हुनसक्छ । एकडाेज र दुइडाेज बाहेक विश्वले बुस्टर डाेजकाे पनि सहायता लिनुपरेकाे अवस्था छ । तसर्थ छाेटै समयमा काेराेना नसकिने अनुमान गर्न सकिने देखिएकाे छ । केवल इम्यूनिटी बुस्टर हाे काेराेनाविरूद्धकाे अहिलेकाे खाेप । लगाएपछि झनै सावधानी अनिवार्य रहन्छ । साे लगाएपछि खुलेर हिँड्ने, पहिलेकाे जीवनमा चहलपहल गर्नसक्ने अवस्था कदापी हाेइन । याे केवल सहयाेगी मात्र भन्ने अब नबुझ्नु हुँदैन ।

भिडभाड हुने स्थलमा काेराेना बढेकै छ । देशकाे अवस्था हेर्ने हाे भनेपनि सक्रिय संक्रमितकाे संख्या दिनकै पुनः बढ्दाे छ । अस्पतालहरू फेरी भरिभराउ हुन थालेका छन् । अहिलेसम्मकाे मृत्यु तथ्यांक हेर्ने हाे भने १० हजार ४५५ पुगिसकेकाे छ । संक्रमण दर अहिलेपनि १९.५ प्रतिशत छ जुन उच्च जाेखिमकै अवस्था हाे । अहिलेसम्म ३८ लाख २१ हजार २४८ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट ४ लाख २९ हजार ४८२ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४२३ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार १५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३०६ छ । देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । पुनः अस्पतालहरूमा सघन र भेन्टिलेटरका बिरामीकाे संख्या बढ्दाे छ । के गाउँ अनि के सहर सबैतिर काेराेनाले गाँजेकाे छ ।

बजार खुला गरेसँगैका चलायमानले अस्वस्थता बढेकाे छ । पुनः कतिबेला बन्द हुने कुराले सबै हतारिएकाे अवस्था छ । सबै क्षेत्रमा अस्तव्यस्ततामा वृद्धि छाएकाे छ र असावधानी बढेकाे छ । याे सबै पापी पेटकाे करामत हाे भन्दा दुइमत नहाेला । दाेष सबैकाे उत्तिकै छ । सबै जिम्मेवार बन्न सकेका छैनाैँ, विविध कारणले । यतिबेलै भिडका गतिविधि सञ्चालन गरेका छाैँ अनि के के न पाउने जस्तै गरेर छाति खाेलेका पनि छाैँ । यसले जाेखिम झनै बढाएकाे छ ।

कसैको मुख ताक्ने भन्दापनि होशियारी सबैबाट हुनुपर्ने कुरामा कसैको दुइमत रहन्न र छैनपनि । विग्रिएको सुधार्ने हामी नै हो । यसकारण जोखिमलाई नजरअन्दाज नगरिकन सबैले आआफ्नो क्षेत्रमा व्यवस्थापनमा चुक्नु नहुने स्पष्ट छ । नत्र हाम्रा संरचनाले थप जटिलता नथेग्ने अनुभूत गरेकै छौँ । सामाजिक दुरी कम्तिमा पालना गरिदिउँ, हकार्न र सुझाव दिन नअनकनाउँ र नलजाउँ । मास्क लगाउन नछाडाैँ ।

गाउँ सहर संवाददाता