राजनीति
तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १२:०८:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा मन्त्रिपरिषद् बिस्तार र सत्तारुढ गठबन्धनकाे आगामी रणनीति लगायतका विषयमा छलफल भएको बताइएको छ ।
एमालेबाट विद्राेह गरेका वरिष्ठ नेता नेपालले बुधबार नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दर्ता गराएका छन् ।
नयाँ पार्टी दर्ता भएपछि माधव समूह सरकारमा जाने तयारीमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस