अर्थतन्त्र
मंगलबार सुनचाँदीकै भाउ बढ्याे
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १३:२३:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार सुनको भाउ बढेर ९१ हजार रुपैयाँ पुगेको छ ।
सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस