कोरोनाबाट मृत्यु हुने बागमतीमा सबैभन्दा बढी, सुदूरपश्चिममा कम
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | २०:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसका कारण अहिलेसम्म १० हजार २५९ को मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा बागमती प्रदेशमा सबैभन्दा बढी ४ हजार ३८२ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४५१ जनाको मृत्यु भएको छ ।
यसरी नै दोस्रो धेरै मृतक रहेको प्रदेश लुम्बिनी हो, जहाँ अहिलेसम्म १ हजार ६४० जनाले ज्यान गुमाइसकेका छन् ।
तेस्रो बढी मृत्यु हुने प्रदेश प्रदेश नं १ हो जहाँ १ हजार ४५४ को मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा १ हजार १४७ ले ज्यान गुमाएका छन् ।
त्यसपछि प्रदेश नं २ जहाँ कोरोनाबाट अहिलेसम्म ७५२ को मृत्यु भइसकेको छ ।
देशभर भाइरसबाट सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ पुगेका छन् । यसमा होम आइसोलशनमा ३६ हजार २ र संस्थागत आइसोलेशनमा ३ हजार ४०३ छन् । यसमध्ये होम आइसोलेशनमा बस्नेको संख्या बागमतीमा सबैभन्दा बढी ९१६ हजार ३८२० र संस्थागत आइसोलेशनमा ९४७१० छन् । यस्तै सबैभन्दा कम होम आइसोलेशनमा रहने
सुदूरपश्चिममा छन् ९१ हजार १५१० । तर संस्थागत आइसोलेशनको कुरा गर्दा सबैभन्दा कम १२ जना प्रदेश २ मा छन् ।
कोरोना संक्रमितमध्ये ७६० जना सघन र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने काठमाडौँमा सक्रिय संक्रमितको संख्या ८ हजार ५७९ छ । ललितपुरमा १ हजार ९१८ र भक्तपुरमा १ हजार ३९१ छन् ।
जिल्लाको अवस्था हेर्ने हो भने २२ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २०० बढी संक्रमित हुने जिल्लाको संख्या १५ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणको दर गाउँ तथा सहरमा बढ्दो छ ।
उसका अनुसार संक्रमण दरकाे प्रतिशत १९.५ र मृत्यु प्रति दशलाखमा ३४५.८ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस