लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | १६:४५:०० मा प्रकाशित

काठमाडाैं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
४ गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् ।
गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखकाे कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जानकारी दिएकाे छ ।
आजै ५ सदस्य मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा गठबन्धन रहेकाे छ । कांग्रेसबाट डिल्ली चाैधरी र जसपाबाट सहशराम चाैधरी , फुलमति ढेंगा र सुमन शर्मा रायमाझी मन्त्री बन्दैछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस