केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन हुन्न : काेइराला
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १२:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. कोइरालाले प्रक्रियाविपरीत समायोजनका नाममा बाँडिएको क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।
उनले भनेका छन्, “तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न ।”
क्रियाशील सदस्यता वितरण तथा छानबिन सबै प्रक्रियासंगत नभएको भन्दै बारा, रौतहट कैलालीसहितका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्नामा छन् ।
बिहीबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप अहिले सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू बुढानीलकण्ठमा छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठकमा महाधिवेशन र सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने भएकोले पूर्व तयारी गर्न आज बैठक बस्न लागेको बताइएकाे छ । भदौमा महाधिवेशन गर्न दबाबमा रहेका देउवा त्यसलाई टारेर मंसिर पुर्याउने ध्येयमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस