सांसद पद गुमेका लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | ०६:५७:०० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका पाण्डेयले मंगलबार राति राजीनामा पत्र दिएका हुन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् ।
‘प्रदेश सरकारले संविधान एवम् कानुनलाई सर्वाेपरी ठानी कुशलता पूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिले परिस्थिति भिन्न भई मेरो गम्भीर ध्यानाकर्षण भएको हुँदा सिद्धान्तको राजीनि गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा उक्त सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानी जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको २०७८ साउन २६ गतेको निर्णय अनुार लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने गरी निर्णय भएको हुँदा सोही बमोजिम आजको मितिदेखि नै लागू हुने गरी राजीनामा गरेको छु’ उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।
जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेयले भने राजीनामा दिएका छैनन् । गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका तीनै जनालाई जसपाले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो । सोहीबमोजिम प्रदेससभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो ।
त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालतमा पुगेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद गुमिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस