सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १७:२५:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम निर्माण गरेको थियो । खड्काले नै साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरुसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने बताएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेका हुन् ।
सरकारको साझा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।
सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा खोप दिने उल्लेख छ। यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश छ।
यसैगरी संविधानको सर्वोच्चता कानूनी राज्यको प्रत्याभुति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने लगायतका विषय प्राथमिकतामा राखिएका छन् ।
हेर्नुस् संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस