न्यूनतम साझा कार्यक्रमको मस्यौदा गठबन्धनका संयोजक ओलीलाई बुझाइयो
- २३ पौष शनिबार, २०७९ | १९:२३:०० मा प्रकाशित

काठमाडौं । सात दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनका लागि गठन गरेको समितिले तयार पारेको मस्यौदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।
कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक रहेका ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्थमन्त्री पौडेलले ओलीलाई न्यूनतम कार्यक्रमको मस्यौदा बुझाएका हुन्। त्यसक्रममा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु उपस्थित थिए।
सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्ने लगायतका विषय समेटिएका छन्।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।
प्रतिकृया दिनुहोस