स्वास्थ्य
जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्ने
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | ०९:३२:०० मा प्रकाशित

काठमाडौं । जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्न लागेको छ ।
जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिएको छ । जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो ।
शनिबार पाँच लाख डोज खोप ल्याइउको छ। आज थप तीन लाख डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप महाशाखा प्रमुख झलक शर्मा गौतमका अनुसार बाँकी आठ लाख डोज खोप अर्को साता आउनेछ ।
कोभ्याक्स सुविधा अन्तर्गत जापानबाट खोप आएको हो । आज ९ः४५ बजे तीन लाख खोप आउन लागेको उनले बताए ।
यो खोप भोलिदेखि वृद्धवृद्धालाई लगाइने भएको छ । प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेशमा वृद्धवृद्धालाई दोस्रो डोज लगाइनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस