स्वास्थ्य
जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्ने
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | ०९:३२:०० मा प्रकाशित
काठमाडौं । जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्न लागेको छ ।
जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिएको छ । जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो ।
शनिबार पाँच लाख डोज खोप ल्याइउको छ। आज थप तीन लाख डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप महाशाखा प्रमुख झलक शर्मा गौतमका अनुसार बाँकी आठ लाख डोज खोप अर्को साता आउनेछ ।
कोभ्याक्स सुविधा अन्तर्गत जापानबाट खोप आएको हो । आज ९ः४५ बजे तीन लाख खोप आउन लागेको उनले बताए ।
यो खोप भोलिदेखि वृद्धवृद्धालाई लगाइने भएको छ । प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेशमा वृद्धवृद्धालाई दोस्रो डोज लगाइनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस