विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा गण्डकीका अर्थ मन्त्री बरालको जोड
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | २२:१९:०० मा प्रकाशित

पोखरा । कास्कीको पुम्दी भुम्दीको बृहत विकास गर्न यो उ नभनी सबै एक भएर लाग्नुपर्नेमा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले जोड दिएका छन् । पुम्दी भुम्दीका विभिन्न व्यक्तिहरु उच्च पदमा पुगे पनि अझै सोचे जति पोखरा २२ को विकास हुन नसेको स्थानीयले गरेको गुनासो सम्बोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।
आफूले सकेको विकास गर्न प्रयास गर्ने मन्त्री बरालले बताए । मन्त्री बरालले भने “यस क्षेत्रका खुबी, क्षमता, दक्षता र प्रतिभाको पहिचान गरी जिम्मेवारीमा रहेकाहरुलाई केन्द्रित गरेर पुम्दी भुम्दीको एकिकृत विकास गर्न अब ढिला गर्न हुन्न ।” यस क्षेत्रको मौलिक बस्तुहरुको संरक्षण सहितको सौन्दर्यकरणको लागि समेत काम गर्नु पर्ने मन्त्री बरालले बताए । उनले अध्ययन गरेको विद्यालय शुक्रराज मावि तथा जन्मेको वडा पोखरा २२ वडा कार्यालयले राखेको बधाई कार्यक्रममास्थानीयले गरेको गुनासो सम्बोधन गर्दै आफू अध्ययन गरेको बिद्यालयको आधुनिक शिक्षाको विकासमा सहयोग गर्ने बताए ।
पोखरा २२ को पुम्दी भुम्दीले धेरै वर्षको अन्तरालमा बराललाई मन्त्रीको रुपमा पाएसंगै आफुहरु हर्सित भई उनको कार्यकालको सफलताको कामना सहित बधाई ज्ञापन गरिएको पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले जनाए ।
पोखरा २२ का वडा अध्यक्ष बराल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मन्त्री बराललाई खादा तथा माला लगाउर्दै गाउँको सडक निर्माण सहितको पर्यटन प्रवर्द्धन हुने गरी विकास गर्न माग गरेका छन् । शुक्रराज माविका अध्यक्ष एवं पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बराल, प्रधानाध्यापक नरनाथ बराल, पूर्व अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरुले मन्त्री बराललाई कार्यकालको सफलताको कामना गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस