स्वास्थ्य

तथ्याँकमा यस्ताे देखियाे काठमाडाैं उपत्यकासहित देशभरकाे काेराेना अवस्था

 काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म ३४ हजार ४२२ सक्रिय संक्रमित छन्। बिहीबार २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता