गाउँ सहर

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ 

काठमाडौं । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ गरिएकाे छ । 

काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे । 

रामेश्वरले मंगलबार राति श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
 

गाउँ सहर संवाददाता