गाउँ सहर

स्वास्थ्य सेवा प्रमुखहरू हेरफेर, काे कहाँ ?

काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य संस्थाहरूका प्रमुख हेरफेर गरेकाे छ । जस अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।

यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।

गाउँ सहर संवाददाता