विपन्नका लागि छुट्याईएकाे उपचारमा छुट सुविधा दिन स्वास्थ्य संस्थालाई परिपत्र
- गाउँ सहर संवाददाता
- १७ जेठ बुधबार, २०८० | २१:५३:०० मा प्रकाशित
काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई ताकेता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफ ७० अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको हो ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले गत वैशाख १३ गते पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई यस सम्बन्धमा परिपत्र गरिएको तर पुनः विभिन्न माध्यमबाट यसको पालना नभएको गुनासो आएकोले मापदण्ड पालना गर्न अनुरोध गरिएको उल्लेख गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै स्वास्थ्य मन्त्रीसँग भेटेर यस विषयमा ध्यानाकर्षण पनि गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस