नक्कली पेस्तोल देखाएर सहकारी लुट्न खाेज्ने दुईजना पक्राउ
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १२:४७:०० मा प्रकाशित

काठमाडाैं । नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएका थिए ।
पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस