एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो
- गाउँ सहर संवाददाता
- १५ श्रावण शुक्रबार, २०७८ | १३:२८:०० मा प्रकाशित

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले एमसीसी सहयोग बिना नेपाल अगाडि बढ्नै नसक्ने होइन भनेका छन् ।
जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो, राप्रपाका नेता तथा नेपालगंज उपमहानगरपालिकाका मेयर राणाले भने ।
‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ ?’ उनले ट्वीट गर्दै भने ।
‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौ,’ राणाले भने ।
राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरीसकेका छन् ।
दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपा भित्र व्यापक बनीरहेको अवस्थामा लोकप्रिय नेता राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस