स्वास्थ्य

काठमाडाैं उपत्यकाका तीन जिल्लामा थपिए ७७४ काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका थप ७७४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।

देशभर हालसम्म २८ हजार ८३६ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ७७८ संक्रमणमुक्त भएका छन्।

गाउँ सहर संवाददाता