वातावरण
सोमबार सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा, मंगलबार बागमतीमा र बुधबार देशैभरी भारी वर्षा
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | २२:४०:०० मा प्रकाशित
काठमाडाैँ । मिति २०७८/०४/११ बाट बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने सम्भावना रहेको र सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै सोमबार सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने बुधबार देशैभरी धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । जल तथा माैसम विज्ञान विभाग
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस