कोरोनाबाट थप १८ जनाको मृत्यु, थपिए २ हजार २३७, निको भए २ हजार ५०
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | १७:२१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८३४ को परीक्षण हुँदा २ हजार २३७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ८० हजार ५५६ र एन्टिजेन विधिबाट ५४ हजार २४३ पुगेको छ ।
आजसम्म जम्मा ३५ लाख ३९ हजार ८३ पिसिआर र २ लाख ८९ हजार ७९२ जनाको परीक्षण भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ६६६ सघनमा र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ५० छ । निको हुने प्रतिशत ९४.६ रहेको छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४० र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ५४८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६८० छ ।
देशमा सक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १३ लाख ९८ हजार १७८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस