अब सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने
- गाउँ सहर संवाददाता
- ८ श्रावण शुक्रबार, २०७८ | १५:२६:०० मा प्रकाशित

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने प्रणाली सुरु गरेकाे छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलको शुक्रबारदेखि प्रदेशभित्र दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरण तथा राजश्व अनलाइनबाटै तिर्न सकिने प्रणालीकाे सुरुवात गरेको हो ।
मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडाबाट कार्यक्रमको सुरुवात गरेका हुन् । नागरिक एप्समार्फत अनलाइनबाटै राजश्व तिर्न सकिने भएकाे हाे ।
देशकै सबैभन्दा बढी सवारी सधान दर्ता भएको बागमती प्रदेशमा नविकरण तथा राजश्व बुझाउनका लागि लामो लाइन बस्नुपर्ने, बिचौलीयामार्फत काम गर्नुपर्ने लामो समय देखिएको समस्या हल भएको छ । राजधानीसमेत रहेको बागमती प्रदेशमा देशका ६० प्रतिशत सवारी साधन रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस