कोरोना संक्रमण सोचेजस्तो घटेन, थप २४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ७ श्रावण बिहीबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८२९ को परीक्षण हुँदा २ हजार ७१४ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ पुगेको छ ।
आजसम्म जम्मा ३५ लाख ४ हजार १९१ पिसिआर र २ लाख ७८ हजार ५६९ जनाको परीक्षण भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ६३५ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २८८ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९१ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ६१६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७५९२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १२ लाख ८१ हजार २४० पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० माथि संक्रमित रहेका २६ जिल्लाहरु छन् ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
तेस्राे लहरकाे संकेत !


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस