कोरोना संक्रमण सोचेजस्तो घटेन, थप २४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ७ श्रावण बिहीबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८२९ को परीक्षण हुँदा २ हजार ७१४ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ पुगेको छ ।
आजसम्म जम्मा ३५ लाख ४ हजार १९१ पिसिआर र २ लाख ७८ हजार ५६९ जनाको परीक्षण भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ६३५ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २८८ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९१ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ६१६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७५९२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १२ लाख ८१ हजार २४० पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० माथि संक्रमित रहेका २६ जिल्लाहरु छन् ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
तेस्राे लहरकाे संकेत !


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस