चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | १६:१७:०० मा प्रकाशित

काठमाडाैं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
'उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,' मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ।
यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।
यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।
त्यसैगरी नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।
प्रेस विज्ञप्ति

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस