ह्वात्तै बढ्यो कोरोनाः मृत्यु हुनेको संख्या ३३, निकाे हुने ९४.६ प्रतिशत
- गाउँ सहर संवाददाता
- ३१ असार बिहीबार, २०७८ | १६:५३:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म ९ हजार ४६३ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७६८ को परीक्षण हुँदा २ हजार ६७६ संक्रमित थपिएका छन् ।
यस्तै कुल संक्रमित ६ लाख ६२ हजार ५७० पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ४६ हजार ८६७ पुगेका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७०७ छ । याेसहित निको हुने ६ लाख २६ हजार ४६८ पुगेका छन् । निकाे हुने प्रतिशत ९४.६ छ ।
आजसम्म ३४ लाख ४४ हजार ५८६ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ५२ हजार ५४ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९२ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार २५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६१४ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । देशका विभिन्न अस्पतालहरुमा ६०२ जनाको सघन र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ८ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस