यस्ताे रह्याे बुधबारकाे शेयरबजारकाे अवस्था
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य वृद्धि हुँदा जलविद्युत र फाइनान्स कम्पनीमा आकर्षण देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ११ करोडले कारोबार बढेको आजको बजारमा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो सुधार देखिएको छ । बुधबार नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा पुगेर कारोबर बन्द भएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने नेप्से परिसुचक भने ०.१४ विन्दुले घटेको छ ।
आज नेप्सेमा २१४ कम्पनीका ५० हजार ५९१ पटक सेयर कारोबार भएको छ । ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।
होटल एण्ड टुरिजम, जलविद्युत, म्यूचल फण्ड र इन्भेष्टमेन्ट उपसूमहका सेयर मूल्य बढेको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, फाइनान्स, नन् लाईफ इन्स्योरेन्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स, लाईफ इन्स्योरेस उपसमूहका सेयर मूल्य घटेका छन् ।
हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ । यस्तै नेपाल फाइनान्स र कालिका पावर कम्पनीको सेयर ७.११ प्रतिशतले बढेको छ ।
नबिल ब्यालेन्स फण्ड-२, एनएमबि ५०, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र १० प्रतिशत प्रभु बैंक डिमेन्चर २०८४ र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर २ प्रतिशतभन्दा माथिले घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
प्रतिकृया दिनुहोस