प्राज्ञ नगेन सिहंले कास्की कांग्रेसको सभापतिमा उम्मेदवारी दिने
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | २१:२७:०० मा प्रकाशित
पोखरा । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा प्राज्ञ नगेन सिहं ठकुरीले कास्की जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
हरेक ५/५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत विश्वब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने उनले बताए । राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले कास्की जिल्लाको नेतृत्वमा जाने निर्णय गरेको ठकुरीले बताए
पार्टीलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयवस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका साथ अघि बढेको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस