गाउँ सहर
बाढी–पहिरो गएकाे २६ दिनपछि पुगे प्रधानमन्त्री ओली बाढीपीडितको अवस्था बुझ्न मेलम्चीमा
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | १४:०३:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावितहरूको अवस्था बुझ्न अहिले मेलम्ची पुगेका छन् । प्रधानमन्त्री ओली हेलम्बु र मेलम्चीको अवलोकनका लागि पुगेका हुन् ।
हेलिकप्टरबाट हेलम्बु पुगेका ओली अहिले भने मेलम्ची क्षेत्रमा पुग्ने छन् ।
प्रधानमन्त्री ओलीले मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस