गाउँ सहर

काठमाडाैंमा भूकम्पको धक्का महशुस

काठमाडाैं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको सानो धक्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो । 

गाउँ सहर संवाददाता