निषेधाज्ञामा आजदेखि थप खुकुलाे, माइक्रो र टेम्पो चलाउन पाइने, जोरबिजोर हट्यो
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | ०७:३२:०० मा प्रकाशित

काठमाडौं । आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने निर्णय गरेको बताए ।
यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अब थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्नेछ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज (सोमबार) राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस