कोरोनाभाइरसका विरामीमध्ये ८७१ जनाको सघन र २५० जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप ५१ को मृत्यु
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | १६:४३:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ७२६ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार ९५६ को परीक्षण गरिएकोमा २ हजार ४४२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ ।
नयाँ संक्रमितमा ६०.८ प्रतिशत पुरूष र ३९.२ महिला छन् । पछिल्ल्लो तत्थ्यांकले गण्डकी प्रदेशमा ७३७ को परीक्षण गर्दा ३३१ मा संक्रमण देखिएसंगै सबैभन्दा उच्च सो क्षेत्र रहेको देखाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ५६ हजार ७९७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५७ हजार ५३२ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ८७१ को आइसियूमा र २५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५१ हजार ८३३ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार ६९९ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३४ लाख ११ हजार ८२८ को गरिएको छ । ४२ जिल्लाहरूमा संक्रमण ५०० भन्दा माथि छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस