कोरोनाभाइरसका विरामीमध्ये ८७१ जनाको सघन र २५० जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप ५१ को मृत्यु
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ७२६ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार ९५६ को परीक्षण गरिएकोमा २ हजार ४४२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ ।
नयाँ संक्रमितमा ६०.८ प्रतिशत पुरूष र ३९.२ महिला छन् । पछिल्ल्लो तत्थ्यांकले गण्डकी प्रदेशमा ७३७ को परीक्षण गर्दा ३३१ मा संक्रमण देखिएसंगै सबैभन्दा उच्च सो क्षेत्र रहेको देखाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ५६ हजार ७९७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५७ हजार ५३२ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ८७१ को आइसियूमा र २५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५१ हजार ८३३ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार ६९९ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३४ लाख ११ हजार ८२८ को गरिएको छ । ४२ जिल्लाहरूमा संक्रमण ५०० भन्दा माथि छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस