बैंकहरूकाे निक्षेप र कर्जा दुबै बढ्याे (आर्थिक तथा वित्तीय स्थिति पूर्ण पाठसहित्)
[मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढ्याे]
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | १७:३९:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्रबैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को दश महिनाको तथ्याङ्कमा आधारित) ले बैंक तथा वित्तीय संस्थाकाे निक्षेप र कर्जा दुबै बढेकाे देखाएकाे छ ।
नेराबैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.२ प्रतिशतले बढेको छ ।
यस्तै २०७८ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।
बैंकका अनुसार २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.९४ प्रतिशत रहेको छ । २०७७ बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४.२५ प्रतिशत रहेको थियो ।
यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको बैंकले जनाएकाे छ ।
२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो ।
बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस