कार्कीकाे समन्वयमा रामेछापमा खाद्यान्न र स्वास्थ्य सामाग्री सहयाेग
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | १२:१३:०० मा प्रकाशित
.jpeg)
रामेछाप । प्रयास नेपालले रामेछाप नगरपालिका- ८ स्थित लामागाउँमा कोरोना संक्रमित परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
रामेछाप प्रदेश (क) सांसदका उमेदवार रत्न कार्कीकाे समन्वयमा रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगर तथा उपप्रमुख सिर्जना खड्कामार्फत उक्त नगरपालिकाको लागि सर्जिकल माक्स ९ हजार, अक्सिमिटर १२ थान, थर्मल गन १२ थान, सेनिटाइजर ८० लिटर, पीपीई २४ थान, डिक्स इन्फेक्टेड ४० लिटर हस्तान्तरण गरिएकाे रत्न कार्कीले जानकारी दिए ।
नगरपालिका प्रमुख नरबहादुर थापामगर तथा उपप्रमुख सिर्जना खड्काले कोरोनालाई परास्त गर्न सबै सचेत भएर सुरक्षा सतर्कता अपनाउन र आत्मबल बलियो बनाउन जोड दिँदै प्रयास नेपालले नागरिकका लागि खाद्यान्न उपलब्ध गराएर महत्त्वपूणर् सहयोग गरेकोले सहयोगी संस्था र पहल कर्ताप्रति आभार व्यक्त गरे ।
यसैगरी साेही वडाकाे लामागाउँ शाहीटोलका ४० घरधुरीको लागि प्रतिघर १ बोरा चामल, ५ केजी क्वाटी गेडागुडी, १ क्रेट प्रति परिवार अण्डा, १ लिटर खाने तेलसहितको खाद्यान्न सामाग्री पनि बितरण गरिएको छ ।
साे अवसरमा नेपाली काङ्ग्रेस नगर कार्यसमिति अध्यक्ष कमल बिक्रम कार्की, नेकां जिल्ला सदस्य लालबहादुर तामङ, वडाध्यक्षहरु केदार कार्की, टुपेन्द्र तामाङ, समिर कार्की, कार्यपालिका सदस्य रुकुम हायु, समाजसेवी पूर्ण मगर, हरिचन्द्र श्रेष्ठ, वडा सदस्य सन्तोष तामाङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
लामागाउँमा ५२ जनामा कोरोना पोजेटिभ देखिएकाे थियाे ।
प्रयास नेपालले गरेको सहयोग वितरण कार्यक्रममा प्रयास नेपालकी अध्यक्ष मनी जाेशी सङ्कटकालीन अवस्थामा जे सकिन्छ साेही सहयाेग गरिएकाे बताइन् ।
नेता रत्न कार्कीले यसअघि पनि जिल्लामा तीनवटा अक्सिजन सिलण्डर, मास्क र स्वास्थ्य सामाग्रीहरू सहयाेग गरेकाे थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस