भूतपूर्व खेलाडी मञ्चको कार्यबाहक अध्यक्षमा पराजुली
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | २०:४९:०० मा प्रकाशित

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुलीलाई जिम्मेवारी दिइएको छ ।
मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए ।भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितिका सदस्य हुन् ।
यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड विरुद्धको महामारी सँग जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउण्डेशनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग समेत गर्ने भएको छ । मञ्चको शनिवार सम्पन्न जुम बैठकले फाउण्डेशनलाई १ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस