भूतपूर्व खेलाडी मञ्चको कार्यबाहक अध्यक्षमा पराजुली
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | २०:४९:०० मा प्रकाशित
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुलीलाई जिम्मेवारी दिइएको छ ।
मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए ।भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितिका सदस्य हुन् ।
यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड विरुद्धको महामारी सँग जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउण्डेशनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग समेत गर्ने भएको छ । मञ्चको शनिवार सम्पन्न जुम बैठकले फाउण्डेशनलाई १ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस