साेमबार १५ अर्बकाे काराेबार, नेप्से समान्य अंकले घट्दा कसले कमाए-कसले गुमाए ?
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार सामान्य अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाब आएको बजारमा सामान्य अंकले घटेर बन्द भएको हो ।
यसदिन परिसूचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा बन्द भएको छ ।
यो दिन ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६५ रुपैयाँ ५ पैसामा कारोबार भएको छ ।
फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ ।
त्यसैगरी धेरै गुमाउने कम्पनीमा लक्ष्मी बैंक, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंक, कुमारी बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल बंगलादेश बैंक लगायतका छन् ।
आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । उपसमूहतर्फ फाइनान्स ९.२७ प्रतिशत, विकास बैंक ६.२७ प्रतिशत र हाइड्रोपावरतर्फ ३.२३ प्रतिशतको वृद्धि देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस